मृत्यु हुनेको संख्या ११, संक्रमीत २६३४

आजकोकुरा: जेष्ठ २३, काठमाडौ ।           

नेपालमा कोरोना भाइस कोभिड १९ को संक्रमण बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्य भएको जनाइएको छ ।यही जेठ ७ गते भारतबाट आएका उनी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति दुई बजे भएको थियो ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।

मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी रहेको छ ।
यसका साथै  स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमीत २६३४ रहेका छ्न।

LEAVE A REPLY