महामारीको बेला सरकार कुम्भकर्ण निद्रामा रहेको

आजकोकुरा: कार्तिक २ ,काठमाडौँ।सिङ्गो देश महामारीले आक्रान्त रहेको बेला सरकार कुम्भकर्ण निद्रामा रहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । महामन्त्री खड्काले आइतबार ट्वीटरमार्फत बिपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री भन्दै प्रश्न उठाएका हुन् ।

महामन्त्री खड्काले आन्तरिक धन्दामा व्यस्त सरकारलाई जनता र देशको चिन्ता नभएको आरोप लगाएका छन् । कोभिडको महामारिले सिङ्गो देश आक्रान्त छ, सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक धन्दामा व्यस्त छ भनेर उनले ट्वीटरमार्फत लेखेका छन् । उनले प्रधानमन्त्री र सरकारलाई न जनताको चिन्ता छ, न त देशको नै भनेर लेखेका छन।

उनका अनुसार विपत्तिका बेला जनता भरोसाको सन्देश समेत दिन नसकेको भनाइ छ ।

LEAVE A REPLY