भक्तपुर इन्काउन्टर प्रकरणमा प्रहरी दोषी ठहर

आजकोकुरा: असोज ३० , भक्तपुर । भक्तपुर इन्काउन्टर प्रकरणमा मानव अधिकार आयोगले नेपाल प्रहरीलाई दोषी ठहर्‍याएको छ । बुधबार बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले महाशाखाका एक जना प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ६ जनालाई कारबाही गर्नुपर्ने आयोगका एक अधिकारीले जानकारी दिए । उनले बताए अनुसार आयोगले त्यसवेलाको वस्तुस्थिति र प्रमाणले भक्तपुर इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको हत्या भएको निष्कर्ष निकालेको छ ।

प्रहरीले २१ साउन २०७५ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न दुई जनामाथि गोली हानेको थियो । भक्तपुरको डोलेश्वर जंगलमा दोहोरो भिडन्त भएपछि दुई जना अभियुक्त मारिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले प्रतिक्रिया दिएका थिए ।

आयोगको छानविनले तमाङद्वयलाई घरबाट पक्राउ गरेर जंगलमा लगेर हत्या गरिएको पाइएको भनेको छ । यसबाट मानव अधिकारको गम्भिर उल्लंघन भएको बताउँदै कारबाही गर्न भनेको छ ।

बिगत कहिँ समए अगि पनि आयोगले विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टरमा पनि प्रहरीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ । तरपनि , प्रकरणमा संलग्न प्रहरी अधिकृतमाथि अहिले सम्म कारबाही प्रक्रिया अघि बढेको छैन ।

LEAVE A REPLY