पौडेल समूहको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर गरेन

आजकोकुरा : असोज ११, काठ्माण्डौ । पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले भने हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ-शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले बनाएको विरोध पत्रमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरिसकेका छन् ।

यी विरोधपत्रमा सिटौला समूहको पनि हस्ताक्षर लिने पौडेल समूहको चाहाना थियो । आइतबार विहानै आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह समेत गरेका थिए ।

तर,यसमा सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने बताएका छन् । पूर्वमहामन्त्री सिटौलाले ‘उहाँले आज विरोध पत्रबारे भन्नुभयो, तर मैले मेरो समूहले केही गर्नुपर्‍यो भने म आफैं भनिहाल्छु नि भनेको छु, रामचन्द्र पौडेल समूहको विरोध पत्रमा मेरो समूहले किन हस्ताक्षर गर्नुपर्‍यो ?,भने।

साथै उनले पौडेल समूहले उठाएको मुद्दाहरुमा आसन्न केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय समितिमा सिटौला समूहका उनीसँगै प्रदीप पौडेल, गगन थापा र (आमन्त्रित) शिव हुमागाई रहेका छन् । चारै जनाले विरोध पत्रमा हस्ताक्षर नगर्ने भएका छन् ।

LEAVE A REPLY