पांच दिने ‘दोस्रो चिन र दक्षिण एसिया साहित्य सम्मेलन -२०७६’ हुने

आजकोकुरा:असोज २७ काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान द्वारा काठ्माण्डौमा पांच दिने ‘दोस्रो चिन र दक्षिण एसिया साहित्य सम्मेलन -२०७६ (The 2nd China -South Asia Literature Forum 2019 )’हुने भएको छ !
आज नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आफ्नै भवन कमलादीमा आयोजित पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन बारे जानकारी दिइएको छ !
उक्त पत्रकार सम्मेलनमा कुलपति गङ्गा प्रसाद उप्रेती,उपकुलपति डा.जगमान गुरुङ र सदस्यसचिव प्राध्यापक जगत प्रसाद उपाध्याय लागाएत उपस्थिति रहेका थिए ! कार्यक्रम संचालन प्रतिष्ठान संचार संयोजक /प्राग्य चर्चित कवि शशि लुमुम्बुले गरेका थिए !
प्राध्यापक जगत प्रसाद उपाध्यायद्वारा हस्ताक्षर गरि जारि गरिएको बिज्ञप्ति अनुसार २०७६ असोज २८ गते देखि कात्तिक ३ गतेसम्म अर्थात २०१९ अक्टोवर १५ देखि २० तारिखसम्म पांच दिने सम्मेलन चल्नेछ ! पहिलो दिन प्रधान मन्त्रि केपी शर्मा ओलीद्वारा समुद्घाटन गर्ने कार्यक्रम रहेको छ !
भाषा,साहित्य,संस्कृति,दर्शनशास्त्र र सामाजिक शास्त्रजस्ता पांचओटा विषय क्षेत्रको अध्ययन ,अनुसन्धान,प्रकाशन,गोष्ठी,सम्मेलन ,अन्तरक्रिया आदिजस्ता कार्यक्रमहरुमा केन्द्रित रहेको यस नेपाल प्रज्ञा प्रतिष्ठानले ६१ वर्ष पुरा गरि ६२ औ वार्षिकोत्शव मनाइसकेको छ !
साथै यस अघि दक्षिण एसियाली राष्ट्रका प्राज्ञिक संस्थाहरु सम्मिलित प्रथम चिन र दक्षिण एसिया साहित्य सम्मेलन २०१७ चीनको छेन्दुमा सम्पन्न र चीनको संस्कृति मन्त्रालय अन्तर्गत रहेको ‘चिनिया संस्कृति अनुवाद अध्ययन सहयोग ‘मा अनुवाद र प्रकाशन सम्बन्धि गोष्ठी -२०७५ पनि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरिसकेको छ !

LEAVE A REPLY