पहिलोपटक कोरोनाले नेपाली सेनाको जवानको मृत्यु

आजकोकुरा : असोज ४ ,काठमाडौं । पहिलोपटक कोरोना संक्रमणका कारण नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। नेपाली सेनाले जनाए अनुसार काठमाडौँ उपत्यकामा मै कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो । यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।

पाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले वताए अनुसार लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको हो ।

पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । उनले भने, ‘उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।’

हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको पनि पौडेलले बताएका छन् भने १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन। ४०१ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

LEAVE A REPLY