नेपालमा मृत्यु हुनेको संख्या १४, संक्रमीत ३४४८

आजकोकुरा: जेष्ठ २६, काठमाडौ ।

बिश्वभरी फैलिरहेको कोरोना भाइरस कोभिड १९ महामरीका कारण नेपालमा केहि यता दिन यता दैनिक जसो मृत्यु हुनेको संख्या बढने क्रम सङसङै आज पनि स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको हो ।
जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो।
त्यस्तै हिजो आइतबार मात्र थप २१३ संक्रमीत फेला परे सङसङै अब नेपालमा कोरोना भाइरस कोभिड १९ का बिरामी ३४३८ रहेका छ्न।

LEAVE A REPLY