देवकोटाको ‘ सपनीमा ‘

आजकोकुरा :असोज१२ , काठ्माण्डौ । वरिष्ठ गीतकार तथा गीतकार संघ अध्यक्ष चूडामणि देवकोटाको शब्दरचनामा रहेको गीत ‘ सपनीमा ‘ को भिडियो हालै सार्वजनिक भएको छ l
सामाजिक संजाल युट्युब च्यानललाइ प्रयोग गर्दै ओएसआर डिजिटलले भिडियो विश्वव्यापी रुपमा सार्वजनिक गरेको छ l माया प्रेममा केन्द्रित रहेको यस गीतमा वरिष्ठ सङ्गीत साधक शक्ति बल्लभको सङ्गीत र स्वर रहेको छ l

कुनै एक सुन्दरी युवतीको सौन्दर्यबाट मोहित भएपछि युवकले त्यो रुप र सौन्दर्यको अति उच्चतम् वर्णन गरेका कुराहरु गीतले व्यक्त गरेको छ l
विशेषगरी गीतकार देवकोटा देशभक्ति भावका अर्थात् माटो र मुटुको गीत रचनामा रमाउने गीतकार हुन्।तर, यसपटक भने फरक तवरले प्रेममा केन्द्रित रहेर गीत कोरेका छन्।

यस गीतको भिडियोमा प्रदिप श्रेष्ठको कोरियोग्राफी, रविचन्द्र कोईरालाको सिनेम्याटोग्राफी र जितेन्द्र राजोपाध्यायको सम्पादन रहेको छ। जसमा लिगेश भट्टराई, रेश्मा सुवेदी र कञ्चन चालिसेले रोमान्स गरेका छन्। भिडियोमा नायकलाई दिउँसै सपनामा हराएको देखाईएको छ l

भिडियोको लगभग अन्त्यतिर संवाद सहित गीतकार देवकोटा स्वयमलाई पनि देख्न सकिन्छ l

LEAVE A REPLY