दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइने

आजकोकुरा : असोज १२ काठमाडौं । सरकारले निजी क्षेत्रलाई समेत समेटेर यस वर्षको दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाए अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा काठमाण्डौ उपत्यका भित्र १० वटासहित थप सहुलियत पसल सञ्चालनको प्रारम्भिक समझदारी बनेको छ ।त्यस्ता पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि खसी बोकासमेत छुट मूल्यमा पाइने छ ।

साथै खाद्य र साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसको सोमबार तय हुने कम्पनीका प्रमुख कार्याकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुवेदीले ‘खाद्यको पाँच, साल्ट ट्रेडिङको पाँच र केही थप निजी तथा सहकारी साझेदारीमा सहुलियत पसल सञ्चालन गर्नेबारे तयारी गरिरहेका छौँ, छिट्टै निर्णय गर्छौं ’ वताए ।

यसैगरी दुग्ध विकास संस्थाले पनि संयुक्तरुपमा सहुलियत पसल सञ्चालन गर्न समझदारी हुन सक्ने कम्पनीले वताएको छ ।

दशैंअघि सञ्चालनमा आउने सहुलियत पसल छठपछि मात्रै बन्द हुने पनि जनाइएको छ ।

LEAVE A REPLY