ट्रम्पको नाममा विषालु चिट्ठी

आजकोकुरा : असोज ४ ,एजेन्सी । अमेरिकी जाँच एजेन्सीहरुका अनुसार केही दिन अघि ह्वाइट हाउस र केही त्यहाँको विभागहरुमा एकविषालु केमिकलसहितको खामपठाइएको खुलेको छ । उक्त सबै चिट्ठी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको हो ।

ह्वाइट हाउसका एक अफिसका अनुसार ‘यस्तै अन्य खतरनाक केमिकलसहितका खाम ह्वाइट हाउस वा अन्य विभागमा पनि पठाइएको छ भनेर जाँच एजेन्सीहरु यो पत्ता लगाउने कोसिस गर्दैछन् ‘।’ यस षड्यन्त्रलाई सफल बनाउनका लागि स्थानीय हुलाक प्रणालीको प्रयोग गरिएको अधिकारीहरुले वताए v।

न्युर्योक टाइम्समा प्रकाशित समाचारअनुसार जाँच एजेन्सीहरुलाई यो खाम क्यानेडाबाट पठाइएको आशंका छ । एक महिलामाथि यसबारे आशंका गरिएको छ, तर उनको नाम भने सार्वजनिक गरिएको छैन ।
वासिङटनमा आतंकवादविरुद्धको संयुक्त दस्ताले यस घटनाको जाँच गरिरहेको छ भने न्युर्योक पुलिसको विशेष युनिटले पनि जाँच एजेन्सीलाई सहयोग गरिरहेको छ । अहिलेसम्मको जाँचमा विषालु पदार्थ रिसिनसहितको खाम पठाउने कार्यमा कुनै आतंकवादी संगठनको संलग्नता रहे–नरहेको पत्ता लागेको छैन ।

यसैगरी, अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबिआईले भनेको छ, ‘हामी युएस सक्रेट सर्भिस र युएस पोस्टल इन्सपेक्सन सर्भिसको सहयोग लिएर जाँच गरिरहेका छौं । मानिसहरुलाई कुनै खतरा छैन ।’
अमेरिकी अधिकारीहरुलाई यस्ता चिट्ठी यसअघि पनि आउने गरेको थियो । २०१८ मा रक्षा मन्त्री जिम म्याटिसलाई यस्तै खाले खाम पठाइएको थियो । अनुसन्धानपछि नेवीका पूर्व अफिसर सिल्ड एलिन पक्राउ परेका थिए । यस विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

२०१३ मा मिसिसिपीका एक व्यक्तीले तत्कालीन राष्ट्रपति बाराक ओबामा र एक रिपब्लिकन सिनेटरलाई रिसिनसहित एक खाम पठाएका थिए । ती व्यक्ति शेनन रिचर्डसन नामकी महिला थिइन , उनलाई १८ महिला जेल सजाय भएको थियो ।

LEAVE A REPLY