ज्ञानेन्द्र मल्ल दुई अर्धशतक हान्ने पहिलो खेलाडी

आजकोकुरा:माघ २६, काठ्माण्डौ ! नेपालमा क्रिकेट खेलाडिहरुले समयको गति संगै इतिहास थप्ने क्रम बढिरहेको छ ! यसै सदर्भामा कप्तान ज्ञानेन्द्र मल्लले नेपालको लागि ओडीआई क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज (आइतबार) भइरहेको ओमानविरुद्धको खेलमा अर्धशतक बनाउँदै उनी दुई अर्धशतक हान्ने पहिलो खेलाडी बन्दै इतिहास रचेका हुन् ।

ओपनर ज्ञानेन्द्रले २६औं ओभरको चौथो बलमा मोहमम्द नदिमलाई ६ चौका र १ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए ।

उनले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ र दोस्रो विकेटका लागि पारस खड्कासंग ५९ रनको साझेदारी गरेका हुन्

LEAVE A REPLY