खाद्य व्यवस्था कम्पनीद्वारा दसैँका लागि जिउँदो च्याङ्ग्रा ल्याइदिने ठेकेदारको खोजी

आजकोकुरा : असोज ९, काठ्माण्डौ । दसैँका लागि जिउँदो च्याङ्ग्रा ल्याउने कम्पनीको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बोलपत्र आव्हान गरेको छ ।

यसमा जोमसोम बाट १ हजार जिउँदो च्याङ्ग्रा काठमाडौ प्रादेशिक कार्यालयसम्म ल्याइदिने कम्पनीको लागि आव्हान गरिएको हो ।
यसरि उक्त च्याङ्ग्रा ढुवानी गर्न चाहने कम्पनीले २५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ भने शिलबन्दी दरभाउपत्र खरिद मिति असोज २३ गते र दरभाउपत्र असोज २५ गते दिनको २ बजे खोलिनेछ ।ढुवानी गर्न चाहने कम्पनी मूल्य अभिबृद्धिकरमा दर्ता भएको र २०७५/७६ सम्मको करचुक्ता भएको हुनुपर्ने भनिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाए अनुसार दरभाउपत्र स्वीकृत भएको ५ दिनभित्र सम्झौता भइ तोकेकै समयमा च्याङ्ग्रा ढुवानी गरिसक्नुपर्ने छ ।

LEAVE A REPLY