खम्बुवान र यायोक्खा विच एकताको आन्दोलन सहमति

आजकोकुरा: माघ १६ , काठमाडौं । पछिल्लो समय प्रदेश ३ को नाम गण्डकी आए संगै प्रदेशा१ को पनि कतै पहिचान तुहाउने त आउने होइन ?भन्दै गम्भीर ध्यानाकर्षण गर्दै यस बिषयमा किरात राई यायोक्खा र खम्बुवान राष्ट्रिय मोर्चावीच मंगलबार यायोक्खा केन्द्रिय कार्यालय काठमाडौंमा गम्भीर छलफल भएको छ ।
प्रदेश नं १ को नाम पहिचानको आधारमा राख्ने विषयको छलफलमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय अध्यक्ष आरके खम्बू, यायोक्खा महासचिव जनक राई, उपमहासचिव भीम राई, सचिव अर्जुन जम्नेली राई, कोषाध्यक्ष देवान राई, खम्बुवानका केन्द्रिय सदस्यहरु भारती खम्बू, रामकाजी राई, श्याम कुमार राई, राज्य खम्बू लगायतको सहभागी रहेका थिए ।

साथै किरात राई यायोक्खा हङकङको अध्यक्ष हरिचन्द्र राई र खरामो उपत्यका अध्यक्ष मनिराम खम्बु ,उपाध्यक्ष महेन्द्र खम्बु समेतको सहभागीता रहेको थियो ।
सो बैठकले प्रदेशको नाम पहिचानको आधारमा नाम राख्नेमा एकजुट भएर लाग्ने सहमत भएको छ । यसमा यायोक्खा, खम्बुवान, किरात याक्थुङ चुम्लुङ, संघीय लिम्बुवान मन्च लगायतका लिम्बुवान जन्य पार्टीहरुसँग मिलेर पहिचानको आधारमा नाम राख्न पहल गर्ने ,आन्दोलन गर्ने सम्मको सहमत भएको छ ।

यायोक्खाले प्रदेश १ को नाम किरात राख्न पहल गर्दै आएको छ भने खम्बुवान राष्ट्रिय मोर्चाले समग्र किरात हुनुपर्छ ,यदि लिम्बुवान जोडिएर किरातलाइ विभाजन गर्न खोजिन्छ भने खम्बुवान -लिम्बुवान हुनुपर्छ भन्दै संघर्ष आन्दोलन गर्दै आईरहेको छ !यसमा किरात याक्थुङ चुम्लुङ, लिम्बुजन्य संगठनहरु लिम्बुवानको आन्दोलन गर्दै आएको छ ।
तर, यस बैठकले कुनै न कुनै नाम पहिचानको जोडिनु पर्छ यसरि जुनै पहिचानको नाम जोडिएर आएमा दुवै तर्फले आपत्ति नजनाउने र यसमा लिम्बुले पनि बुझ्नेमा पनि सहमति भएको छ !
यसैगरी,बैठकले जवरजस्ती कोशी वा सगरमाथा भए शसक्त रुपमा आन्दोलनको लागि तयार हुनुपर्ने छलफल भएको र याक्थुङ चुम्लुङ, लिम्बुवान जन्य पार्टीहरु र प्रदेशको विभिन्न समुदायगत संगठनहरुसँग छलफल अगाडि बढाउने पनि निर्णय भएको छ ।
प्रदेश १ को नाम तोकिनु भन्दा अगाडी खबरदारीको आन्दोलन र एकताको पत्रकार सम्मेलन पनि गरिने सो वैठकले ऐतिहासिक निर्णय गरेको खरामो अध्यक्ष तथा सभासद आर.के.खम्बुले आजकोकुरालाई बताए !

LEAVE A REPLY