‘ क . मदन भन्डारी ‘बोलको गीत रेकर्डिङ सम्पन्न

आजकोकुरा: कार्तिक ६ , काठमाडौं । जननायक क . मदन भन्डारीको जिवनीमा आधारित गीत रेकर्डिङ कार्य सम्पन्न भएकाे छ। चर्चित गायक शिशिर याेगीकाे स्वरमा रेकर्डिङ भएको उक्त गीत राजनीति विश्लेषक तथा राजनीतिकर्मी बुद्धिमान परियारले लेखेका हुन्।

वान डीबी रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतको बोल नै ‘ क . मदन भन्डारी’ रहेको छ। रेकर्डिङ सकिएपछि गायक याेगीले ‘ महान नेताकाे बारेमा रचना गरिएकाे गीत गाउन पाउँदा आफुलाई गाैरभ लागेकाे र कमरेड मदन भण्डारी प्रति समर्पित याे गीत गाउने अवसर दिनु हुने गीतकार बुद्धिमान परियार तथा संगीतकार शिवराज गाैतम लाई धन्यवाद व्यक्त गर्दछु’ भने।

उक्त गीत अब गायिका काेमल वलीले समेत गाउने छिन्। यस गीत सायद तिहार लगतै सार्वजनिक गर्ने संगीतकार शिवराज गाैतमले बताए ।
“कंचनजंघाकाे काख ढुङ्गेसाँघुमा जन्मेर,
पूर्ब बाट उदाए उनी अध्याराेलाई चिरेर,
युगले जन्मायाे मदन जस्ता नेता
देशकै मुहार फेर्ने गरि काेरे रुपरेखा”
जस्ता शव्दले सजिएकाे उक्त गीतले मदन भण्डारीकाे जीवनलाई प्रतिविम्बित गरेकाे छ।

LEAVE A REPLY