कोरोनाबाट थप १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना पुष्टि

आजकोकुरा: असोज २७, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए अनुसार देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ।

यसैगरी थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।
यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको गौतमले बताए ।

LEAVE A REPLY