केपी.ओलीका अनुसार बुढीगण्डकीमा ९ अर्ब बाँडेर खायो भन्नु निराधार

आजकोकुरा: असोज ३० , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुढीगण्डकी जलविद्युत आयोजनामा तीन नेताले ९ अर्ब बााडेर दाबी निराधार भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले पनि शुक्रबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा भट्टराईको दाबीको खण्डन गरे ।उनले सरकारलद्वारा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको, तर केही गैर जिम्मेवार तरिकाले बोलेर हिँडेको बताए ।

भट्टराईको नाम नलिई उनले निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन ? कसले गर्छ ? भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको कुरा बताए । यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा भएको तर आफुहरु त्यस्तो गैरजिम्मेवार हुन नसक्ने बताए।

उनले जनतालाई गलत सूचना दिएर भड्काउने र गलत बाटोमा लैजाने काम गर्न नसक्ने बताए । प्रधानमन्त्रीले भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलता सरकारको नीति भएको भन्दै यसमा नेपाल प्रहरीले भूमिका खेल्ने बताए ।

बलात्कारमा मिलापत्र अस्वीकार्य:

ओलीले बलात्कारका घटनामा मिलापत्र कुनै हालतमा अस्वीकार्य भएको बताएका छन् । यो निन्दनीय र मानवता विरोधी अपराध भएको भन्दै उनले निकट भविष्यमा अझ कडा कानुन ल्याउने सोचिरहेको बताए।

उनले मिलापत्रका नाममा बलात्कारका घटनालाई छोपछाप पर्ने काम सैहृय नहुने बताए र नागरिक समाज पनि सचेत हुनुपर्ने भन्दै उनले सामाजिक दबाब, भनसुन आउन सक्ने अनि यस्ता कुराबाट प्रहरी टाढा रहनुपर्ने जानकरि दिए।

LEAVE A REPLY