केदारको समय सान्दर्भिक गीत ‘मोबाइल मात्र नचलाउन ‘सार्वजनिक

आजकोकुरा : असोज १, काठमाडौं । अहिले समय सान्दर्भिक गीतहरु सार्वजनिक गर्ने चलन बढ्दै गएको छ। हुन् त इतिहासदेखि नै यस्ता गीतहरु सार्वजनिक हुन्थ्यो,तर त्यो बेला रेडियो टेलिभिजन प्रभावकारी थिएन। कतिपय श्रस्टाहरु त्यो बेलाको संचारमाध्यम पश्क्षपाति ,नातावादी अनि आर्थिकको चलखेलमा चल्ने भएकोले यस्ता गीतहरुले कम प्राथमिकता पाउने बताउछन् । तर, जब सामाजिक संजालको बिकास भयो तब रेडियो ,टिभि ,पत्रपत्रिकाको हालत खराव नै भयो। आफ्नो अमुल्य सिर्जना निर्धक्क दर्शक स्रोता माझ राख्ने माध्यम बन्यो युट्युव ,फेशबुक,टिकटक अन्य अन्य अनलाइन माध्यम।
केहि वर्ष हुदै अहिले सम्ममा सामाजिक संजाल मार्फत ‘ लुट्न सके लुट ,देशद्रोही,बिच्च-बिच्च्मा ‘इत्यादि समय सान्दर्भिक व्यंगात्मक गीतहरु सर्वाधिक चर्चामा रहे। कतिलाई चित्त दुख्ला ,तर यस्ता गीतहरुले समय ,व्यंग , शंदेश अनि चेतना समेत प्रदान गर्छ।

यसैकुरालाइ मध्य नजर गर्दै बिगतका केहि वर्षदेखि नेपालि संगीतमा पाइला चालेका गायक/गीतकार केदार खोटाङ्गेले समय सान्दर्भिक ‘मोबाइल मात्र नचलाउन ‘बोलको व्यंगात्मक तथा चेतनामुलक गीत सार्वजनिक गरेका छन्।

वर्तमान समयमा हुने मोबाइलको दुरुपयोग ,समयको बर्बात,पैसामा केन्द्रित मन ,सलहको हानि,कोरोनाको महामारी लकडाउन,अनि कोरोनामा सुरक्षा अपनाउने जस्ता चेतनाहरु यस गीता मार्फत पाउन सकिन्छ।

यस गीतमा गायक/गीतकार केदार खोटाङ्गेलाइ गायिका गङ्गा घर्ति मगरले साथ दिएकि छिन् भने संगीत संयोजन नवराज रोकाको छ।
यो गीतको म्युजिक भिडियो छायांकन राम केसीले गरेका छन्। जुन गीतमा सुमन पोखरेल,सुस्मा राइ,देविका खड्का,सोफिया लोहोरा र दिपेन राइको अभिनय रहेको छ भने सम्पादन जोन राइको , निर्देशन वाईपी घिमिरेको छ ।
काठ्माण्डौको उपत्यकाको केहि रमणिय ठाउंहरुमा छायांकन गरिएको यस गीतको रेखर्डिङ्ग रहर म्युजिक क्रियसनमा गरिएको हो ।

LEAVE A REPLY