कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एकजना पक्राउ

आजकोकुरा: असोज २०,काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणामा फरार भएका थप एकजनालाई पक्राउ गरेका छन् । भारत उत्तराखण्ड चम्पावत जिल्ला वनबासका ५५ वर्षीय सुशील गर्गलाई प्रहरीले पक्राउ गरेका हुन् ।

गर्गलाई अपराध महाशाखा काठमाडौं र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त प्रहरी टोलीले सोमबार कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।प्रहरीका अनुसार गर्गको पनि कृषि विकास बैंकमा भएको ह्याकिङ प्रकरणमा विभिन्न व्यक्तिहरुको खातामा रकमान्तर गरी भुक्तानी गर्ने कार्यमा संलग्नता रहेको जानकारी भएको छ।

LEAVE A REPLY