काठ्माण्डौ उपत्यकामा ८०९, देशभर १५७३ जनामा कोरोना

आजकोकुरा : असोज ११, काठ्माण्डौ । पछिल्लो २४ घण्टामा देशभर १५७३ जनामा कोरोना पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी गराएका हुन् ।

यो संगै हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज पनि भएका छन् ।

आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ भने संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा काठ्माण्डौ उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएको छ ।जसमा काठ्माण्डौ ६३३,ललितपुर १०४ र भक्तपुर ७२ जनामा कोरोना पुष्टि भएको छ ।

LEAVE A REPLY