काठमाडौं उपत्यकामा ७६७ ,देशभर १३२५ जनामा कोरोना

आजकोकुरा : असोज ४ ,काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको । ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी काठमाडौं उपत्यकामा मात्रै ७६७ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाडौं ६०२,भक्तपुर १०१ र ललितपुर ६४ जनामा कोरोना पुष्टि भएको हो ।

LEAVE A REPLY