उद्दार पछि राहत मा सक्रिय राजन , रुकुम हत्याकाण्डले स्तब्ध

आजकोकुरा: जेष्ठ १६, काठमाडौ ।


बिश्वभरी महामारीका रुपमा फौलिरहेको कोरोना भाइरस कोभिड-१९ का कारण नेपाली समाज पनि आक्रान्त भैरहेको बेला झन्डै ७० दिनदेखि लकडाउन झेलिरहेका उपत्यका भन्दा बाहिर बाट राजधानी आई ज्याला मजदुरी गर्ने मजदुर , बिद्यार्थी लगायत को अवस्था लाई नजिक बाट महसुस गर्दै उनिहरुको उद्दार र राहत बितरणमा सक्रिय राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य राजन थापा रुकुम जाजरकोट घटनाले आफू स्तब्ध भयको बताउदछ्न।


लकडाउन सुरु भयपछी काठमाडौं स्थित अन्तर्राष्ट्रिय विमान स्थलको पुनःनिर्माणमा कार्य गर्दै आएका सुर्खेत , जाजरकोट तथा दैलेख लगायतका जिल्लाका मजदुरहरुलाई राजन थापाको पहलमा साठिजना भन्दा बढि ब्यक्तिलाई घर पठाउने कार्य भएको थियो । साथै केहिदिन पहिला सम्म कर्णाली प्रदेश बाट राजधानीमा अस्थायीरुपमा बस्ने विद्यार्थी ,युवा तथा मजदुर लगायतको चुलो सम्म दाल,चामल,नुन, तेल करिब ४०० परिवार लाई पुर्याउन सफल भैरहेका स्वस्छ छबिका थापा जिल्लाबासी भाईहरुको निर्मम हत्याको कारण आफू स्तब्ध बन्नुकासाथै सरकार सङ निष्पक्ष छानबिनको माग राक्दछ्न।

LEAVE A REPLY