उत्तरी भेक धादिङ बासिन्दाहरुको सर्व्वोस्व कमाइ हेलिकप्टरको एउटै चार्टरमा

आजकोकुरा:आश्विन ६धादिङ ! अझैपनि बिरामी हुन साथ हेलिकप्टर मगाएर उपचार गर्न काठमाडौं पुर्‍याउने रकम नभए अकाल मृत्यु भोग्छन्उत्तरी भेक धादिङका बासिन्दाहरु । यसरि उत्तरी भेकमा हाल सम्म सडक सञ्जालले नछोएको कारण रुवीभ्यालीका ७ हजार घरधुरीको आपतविपतको यातायात एउटै साधन हेलिकप्टर मात्रै हो ।
यसमा उनीहरुको पसिनाले कमाएको सर्व्वोस्व कमाइ हेलिकप्टरको एउटै चार्टरमा सकिन्छ । डु:खकोकुरा विगत ८ महिनाको अवधिमा हेलिकप्टर मगाउन नसक्दा तिप्लिङ्ग लवदुङ्ग र ठूलो गाउँँमा दुई सुत्केरीको रक्तश्रावले अकालमा ज्यान गएको थियॊ । यसमा २३ वर्षीय डिलीमाया तामाङ्ग र २० वर्षीय फुलमाया तामाङ्ग सुत्केरी पछिको आपत्कालिन उपचारनै नपाएर मृत्यु भएका थिए । अर्को गम्भीरकुरा स्थानीय युवा जस थापाका अनुसार ‘काठमाण्डौंबाट सानो हेलिकप्टर मगाएको भाडा मात्रै एकै खेपमा १ लाख २० हजार सम्म लिने गरेकोछ, त्यो पनि भनेको समयमा पाउदैन, आपद विपदमा रकम र हेलिकप्टर खोज्दैमा महत्वपूर्ण समय खेर जाने गरेको र अझ काठमाडौंका आफन्तले कम्पनीमै लिएर नगद बुझाए पछि मात्रै रेस्क्यु गर्ने गर्छ ।
यसैगरी स्थानीय येन्चा राज घले, टासी घले, गर्चेन घले लगायतलाई उपचार गर्न काठमाडौं लैजान आफन्तजनले हेलिकप्टर चार्टरमै लाखौं खर्च गरे । गत साउन महिना देखि मात्रै तिप्लिङ्गमा ७ पटकमा १६ जना अशक्त बिरामी हेलिकप्टरबाट चार्टर गरिएको छ ।
सदरमुकाम देखिे तिप्लिङ्ग सम्मको १ सय ७ किमी सडक निर्माण आरम्भ गरिएको ३० वर्ष नाघी सकेको छ । विभिन्न विवाद र आपराधिक घटनाहरुका कारण निर्माणाधिन सडक पनि ढिलाई भैरहेको छ ।
अब व्यवस्था परिवर्तन भएको भनिएपनि अवस्था उस्तै छ ,यसबारे गम्भीर सोचिनुपर्छ भन्ने आजकोकुराको भनाइ छ !

LEAVE A REPLY