आर्थिक सहयोगको आशामा इन्द्र कालिकोटे

आजकोकुरा: मङ्सिर ५ ,काठ्माण्डौ। सिन्धुली घर भैं हाल काठ्माण्डौ बस्ने पेशाले लेखापढी गर्ने इन्द्र कालिकोटे आज आजकोकुरा डटकम कार्यालयमा आफ्नो उपचारको लागि आर्थिक सहयोगको लागि मिडिया मार्फत बिन्ति गर्न उपस्थित भएका थिए।

बिगतका समयमा आफुले पनि आफ्नो लेखापढी पेशामा निशुल्क सहयोग गरिदिएको स्मरण गर्दै आज आफुलाई पनि गम्भीर अवस्थामा आदरणिय मनाकारिहरुले आर्थिक सहयोग गरिदिन्छन् कि भन्ने आशाले आएका थिए।

बिगत ६ महिनादेखि मृगौलामा पत्थरिया भएको अनि आन्द्रामा अल्सर भएको कारण जतिसक्दो चाडो अप्रेशन गर्नु पर्ने डाक्टरहरुले भनेको र तिन देखि चार लाख खर्च लाग्ने भएकोले कोरोनाका कारण आफ्नो पेशा राम्रो नचलेको कारण आर्थिक समस्या परेकोले सहयोग पाउँ भनि मिडियाको सहारा लिन आइपुगेका थिए।
‘धन पवित्र दान गरे,मन पवित्र कर्म गरे ‘भने झैँ जति सक्छौं हामि त्यति इन्द्र कालिकोटेलाइ आर्थिक सहयोग गरिदिवौँ। मानवता अझै मरेको छैन भन्ने प्रमाणित गरौँ भन्ने पनि आजकोकुरा डटकमको अनुरोध छ।
साथै इन्द्र कालिकोटेलाइ स्वास्थ्य लाभको कामना।
सहयोग सम्बन्धमा इन्द्रको आफ्नो कुरा जस्ताको तेस्तै :

LEAVE A REPLY