अभिनेता सञ्जय दत्तले शमशेराको सुटिङ सुरु गरे

आजकोकुरा: भाद्र २३ ,एजेन्सी । अभिनेता सञ्जय दत्तले सोमबारबाट नै फिल्म शमशेराको सुटिङ सुरु गरेका छन् ।
यशराज स्टुडियोको स्रोतलाई उद्धृत गर्दैै भारतीय सञ्चार माध्यमले यस कुराको पुष्टि गरेका छन् । शमशेराको सेटबाट सञ्जयको तस्बिर समेत सार्वजनिक भएको छ । कोरोना संक्रमण र सञ्जयको आफ्नो रोगका कारण सेटमा सुरक्षाको कडा प्रबन्ध समेत मिलाइएको छ ।

स्रोतले जानकारी दिए अनुसार शमशेराको सेटमा सञ्जुका लागि विशेष प्रबन्धको व्यवस्था गरिएको थिय।सेटमा अत्यधिक कम मानिसहरुको उपस्थिती ,त्यसमा पनि उपस्थित हुने सवैको पहिले नै कोरोना परीक्षण गरिएको थियो । सबैले निकै सावधानीका साथ सुटिङ गरेको छ ।

८ अगस्टमा सञ्जय दत्तलाई सास फेर्न समस्या भएको ,तर, ११ अगस्टमा उनलाई फोक्सोमा क्यान्सर भएको खबर आयो । त्यसपछि उनी विदेशमा उपचार गर्न जाने अनुमान गरिएको थियो । हाल डा. जलिल पारकरले मुम्बईमा नै उनको उपचार गरिरहेका छन् ।

LEAVE A REPLY