अब न्याय परिषद् सदस्य नियुक्तिमा पनि नेकपा भित्र विवाद शुरु

आजकोकुरा: कात्तिक २०, काठ्माण्डौ। सत्तारुढ नेकपामा ओली र प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्य नियुक्तिमा पनि विवाद शुरु भएको छ ।

नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यका लागि दुबै समूहले फरक-फरक नाम प्रस्ताव गरेका छन् ।

जसमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले महेश नेपालको नाम अघि सारेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने रामप्रसाद श्रेष्ठको नाम अघि सारेका छन् ।

प्रचण्ड–नेपाल समूहले यसबारे बिहीबार कानून व्यवसायीहरुसँग समेत परामर्श गरेका छन् ।

यो न्यायपरिषदले अदालतहरुमा न्यायाधीश सिफारिस गर्ने, न्यायप्रशासनसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, न्यायधीशको आचारसंहिता बनाउने, न्यायाधीशको तालिम, प्रशिक्षणका पाठ्यक्रम बनाउने लगायतको काम गर्छ ।

LEAVE A REPLY