अग्रजहरु ज्ञानका खानि हुन्

आजकोकुरा : भदौ २६,काठ्माण्डौ । अग्रजहरु साच्चै हाम्रा ज्ञानका खानि हुन्। उनीहरु बाट नयाँ पुस्ता ,समाजले एकै शव्दले भन्नुपर्दा संसारले अनुभव पाउनेछन्। अग्रजहरुको वर्णन यी संसारका भाषाहरुले व्यक्त गर्न सकिदैन। उनीहरुको प्रसंशा र सम्मान मेटाभर्षले धान्न सक्दैन। साच्चै अग्रज सर्वश्रेस्ठ हुन्छन्।

हो यस्तै अग्रजहरु मध्य एक अग्रज हुन् ‘राम कृष्ण कर्माचार्य ‘। जसले पत्रकारितामा,साहित्यमा अनि समाजसेवामा एक इतिहास कोरेका छन्।
बिक्रम संवत २००३सालमा ललितपुरमा जन्मेका कर्माचार्यले इनजर्नलिजम मस्को (सौभियतसंघ )बाट डिप्लोमा गरेका छन्। उनले मदरल्याण्ड अखबार बाट पत्रकारिता शुरु गर्दै अन्तराष्ट्रिय प्रेस युनियन अध्यक्ष हुँदै कर्माचार्यले अनेकौ दर्जनौ राष्ट्रिय अन्तराष्ट्रिय मिडियामा काम गरे।
उनले स्वतन्त्र पत्रकारिता, साहित्य तथा समाजसेवामा गरेको अमुल्य योगदान स्वरुप बुद्द ग्राण्ड अवार्ड (जापान),वृक्षारोपण पुरस्कार,प्रज्ञाप्रतिष्ठानबाट प्रथम गाइजात्रे विशेषांकमा प्रथम पुरस्कार लगायत अन्य दर्जनौ समाजसेवा पुरस्कार प्राप्त गरेका छन्।

आज उनै अग्रज ‘राम कृष्ण कर्माचार्य ‘को जीवन संघर्षमा हाम्रा सहकर्मी प्रताप रानाअमुल मान श्रेष्ठले गरेको कुराकानी साथै तयार पारेको छोटो रिपोर्ट आजकोकुरामा जस्ताको तेस्तै:

LEAVE A REPLY